

धादिङ । अखिल नेपाल कबड्डी संघको आयोजनामा माघ १३ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुने २१ औँ महिला तथा २५ औँ पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि बागमती प्रदेश टिम छनोट गरिएको छ।
उक्त टिममा धादिङ जिल्लाबाट ७ जना खेलाडी समावेश भएका छन्।
प्रतियोगिताका लागि छनोट भएका महिला टिममा पुजा दुवाल, सलिना धामी, धना राहाडी मगर, अन्जना घले, ललिता पहारी, करिश्मा थामी, सरस्वती तामाङ, उरुषा शाक्य, संगीता तामाङ, सन्जु थामी, सुस्मी राई र रसिना पहारी रहेका छन्।
वैकल्पिक खेलाडीमा प्रतिक्षा वाइवा र अनु तामाङ रहेका छन्।
महिला टिममा रहेका धना र अन्जना धादिङबाट हुन् भने वैकल्पिक खेलाडीमा रहेकी अनु तामाङ पनि धादिङकै हुन् ।
त्यसैगरी पुरुष टिममा सन्देश तामाङ, विशाल सापकोटा, प्रतिक सुन्दास, सविन बहजु, सुनिल भुजेल, अर्जुन तामाङ, सुलभ खतिवडा, ज्ञानेन्द्र बुढा, पुकार बोगटी छेत्री, विनय गोसाई, प्रमोद श्रेष्ठ र सरमन प्रजापती रहेका छन्।
वैकल्पिक खेलाडीमा निरोज तामाङ र निखिल घर्ति रहेका छन्।
पुरुष टिममा विशाल, सुनिल, अर्जुन, सुलभ र प्रमोद धादिङका रहेका छन् ।
बागमती टिमको प्रशिक्षणको जिम्मेवारी प्रशिक्षक पशुपति प्रजापति र दिलिप नारायण श्रेष्ठले सम्हाल्नु भएको छ भने टिम मेनेजरमा सुजन नगरकोटी र सुनम भेले रहनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |