

धादिङ । मगर समुदायको प्रमुख राष्ट्रिय पर्व माघे सकरातीको पावन अवसरमा नीलकण्ठ नगरपालिका स्तरीय मगर पञ्चेबाजा प्रतियोगिता सम्पन्न भएको छ।
नेपाल मगर संघ नीलकण्ठ नगर समितिको आयोजना तथा नेपाल मगर सांस्कृतिक संघको सह-आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह नीलकण्ठ-५ पहरेछाप प्रथम भएको छ ।
यस्तै बज्रयोगिनी पञ्चेवाजा समूह, नीलकण्ठ-६ द्वितिय, सितलादेवी महिला विकास समिति, नीलकण्ठ-६ तृतिय र रातमाटे मगर बाजा समुह, नीलकण्ठ-१४ सान्वत्वना भएको छ ।
प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने समूहलाई क्रमशः ६ हजार ६६६, ५ हजार ५५५, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
“मगरात सभ्यता सहितको समृद्ध मगर समाज” भन्ने मूल नारालाई आत्मसात गर्दै मगर समुदायको मौलिक कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाको सहयोगमा रहेको थियो।
मगर समुदायको मौलिक कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने सहभागीहरुले बताएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |