

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-३, सलाङ इटपानीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। मनकामना समाज सुधार युवा क्लब, सिद्धलेक-३ इटपानीद्धारा आयोजित प्रतियोगितामा ११ टिम सहभागी भएका छन् ।
सहभागी टिमहरुमा सिद्धलेक-२, सिद्धलेक-३ ए, सिद्धलेक-३ बि, सिद्धलेक-३ (जोसिलो), सिद्धलेक-४ (वनकाली), सिद्धलेक-४ (वातावरण), ज्वालामुखी-३, गल्छी-१, गल्छी-३, गल्छी-४ र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं १ रहेको छ ।
सहभागी टिमलाई चार समुहमा विभाजन गरिएको छ ।
जसअन्तरगत समुह ए मा सिद्धलेक-३ बि, सिद्धलेक-३ (जोसिलो) र ज्वालामुखी-३ रहेको छ ।
यस्तै समुह बि मा गल्छी-३, सिद्धलेक-४(वातावरण) र गल्छी-१ रहेको छ ।
समुह सि मा सिद्धलेक-४ (वनकाली), सिद्धलेक-२ र गल्छी-४ रहेको छ ।
यसैगरी समुह डि मा सिद्धलेक-३ ए र नुवाकोटको पञ्चकन्या-१ रहेको खेल कार्यक्रम संयोजक सोम श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा वडाध्यक्ष पुलामीले वडाको सामाजिक, सांस्कृतिक र खेलकुद विकासका लागि सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यस्तै जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने भन्दै स्थानीय तहमा यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो भूमिका खेल्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
माघे सङ्क्रान्ति, ल्होसार तथा श्रीपञ्चमीको अवसर पारेर सिद्धबाबा आमा समुहको सह आयोजना तथा गाउँपालिकाको प्रायोजनमा भएको कार्यक्रममा वडा नं ३ र जिल्ला भलिबल संघ धादिङको सहयोग रहेको छ ।
सम्पूर्ण खेल बागमती कलमबाट प्रत्यक्ष प्रशारण हुने छ।
पहिलो दिनको खेल अपडेट
१. सिद्धलेक-३ (जोसिलो) VS सिद्धलेक-३ बि (सिद्धलेक-३ बि बिजयी)
२.सिद्धलेक-४ (वातावरण) VS गल्छी-३ (सिद्धलेक-४ वातावरण बिजयी)
३.सिद्धलेक-४ (बनकाली) VS सिद्धलेक-२ (सिद्धलेक-२ बिजयी)
४.सिद्धलेक-३ बि VS ज्वालामुखी-३ (ज्वालामुखी-३ बिजयी)
यसैगरी माघ ८ गते साँझ श्रीपञ्चमी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम समेत हुने मनकामना समाज सुधार क्लबका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।
खेलकुद हाम्रो जीवन कला सस्कृती हाम्रो पहिचान, समाज परिवर्तन मनकामना क्ल्वको योगदान भन्ने नारासहित मनकामना समाज सुधार युवा क्लवले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको सांस्कृतिक कार्यक्रम संयोजक सुन्दर आलले जानकारी दिनुभयो ।
कार्यक्रममा सोरठी, झयाउरे, गजुरे, कौडा, सालैजो, पञ्चेबाजा, प्रत्यक्ष दोहोरी लगाएतका झाँकीहरु र नेपाल साँस्कृतिक संघ धादिङको विशेष प्रस्तुती रहने र चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।
तीन दशकभन्दा बढी समयदेखि सामाजिक विकास, खेलकुद प्रवर्द्धन र टोल विकासमा सक्रिय मनकामना समाज सुधार युवा क्लबले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने र कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
प्रतियोगिताको पहिलो दिनको तस्विरहरुको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |