

धादिङ । नेकपा एमाले जिल्ला कमिटीले धादिङले मनोनयन दर्ताको दिन निर्वाचन अधिकृतको कार्यालयमा भएको घटनाप्रति औपचारिक रूपमा क्षमायाचना गरेको छ।
जिल्ला कमिटी बैठकले ०८२ माघ ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताका क्रममा उत्पन्न टिकट विवाद र असमझदारीका कारण सिर्जित परिस्थिति प्रति दुःख व्यक्त गर्दै क्षमा याचना गरेको हो।
नेकपा एमालेका अनुसार पार्टीभित्रकै विवादका कारण चन्द्र रिजालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न खोज्दा पार्टी कार्यकर्ताले समस्या समाधानका लागि पार्टी कार्यालय जान आग्रह गर्दै भित्र जान राेकेका थिए ।
उक्त घटनालाई लिएर आवेशमा आएका रिजालले निर्वाचन अधिकृत तथा सुरक्षाकर्मीले आफूमाथि प्रवेश रोक लगाएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा माथि दुर्ब्य गरेको जिल्ला कमिटीले जनाएको छ।
घटनाले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका मुख्य निर्वाचन अधिकृत, कर्मचारी तथा सुरक्षा निकायको आत्मसम्मानमा असर पुगेको स्वीकार गर्दै एमालेले गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीले भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी र सुरक्षा निकायलाई उच्च मनोबलका साथ कार्य गर्न अनुरोधसमेत गरेको छ।
एमालेले लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रणाली र त्यसमा संलग्न सबै निकायप्रति सम्मान गर्दै सहयोगका लागि सधैं तयार रहने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |