

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ ।
काठमाण्डौको वायुको गुणस्तर मापन सूचक एक्यूआई २ सय नाघेको काठमाण्डौको अमेरिकी दूतावासको प्रदूषण मापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर स्वीस वायु प्रदूषण मापन एप आईक्यु एअरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै वातावरण विभागको प्रदूषण मापन प्रणालीअनुसार दिउँसो भक्तपुर, रत्नपार्क, खुमलटार, भैँसेपाटीलगायतका ठाउँमा रहेका मापन केन्द्रहरूले एक्यूआई १ सय ५० भन्दा माथि देखाएका छन् ।
एक्यूआई १ सय ५० भन्दा माथि पुग्नुलाई सबै समूहका मानिसका लागि अस्वस्थ हावा रहेको मानिन्छ । सामान्यतया पश्चिम वायुको प्रभाव बढेपछि प्रदूषण कम हुन्छ । तर पश्चिम नेपालमा वर्षा र हिमपात भइरहेका बेला काठमाण्डौ उपत्यकामा भने वायु प्रदूषण बढेको हो ।
पश्चिम वायुले बादलभन्दा अघि प्रदूषण ल्याएका कारण वायु प्रदूषण बढेको जलवायु विज्ञले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |