

काठमाण्डौ । भोलि मङ्गलवार रातिदेखि नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने मौसमविद्ले बताएका छन् ।
भोलि बेलुकासम्म गण्डकी क्षेत्र र पर्सि बुधवार बिहानसम्म काठमाण्डौ उपत्यका आसपास आइपुग्ने प्रणालीले काठमाण्डौमा पनि वर्षा गराउने सम्भावना रहेको मौसम तथा पर्यावरणविद् उज्जवल उपाध्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैजसो हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा भने २ हजार मिटरभन्दा अग्लो भूभागमै हिमपात हुनेछ । दार्चुला, डडेल्धुरा, बझाङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला, मुस्ताङ र मनाङमा अत्यधिक हिमपात हुन सक्छ ।
तराईमा पर्सादेखि पूर्व र पहाडमा सिन्धुलीदेखि इलामसम्मको चुरे र महाभारत क्षेत्रमा भने वर्षाको सम्भावना निकै कम छ । बाँकी भूभागमा सामान्यदेखि मध्यम वर्षा हुनेछ ।
बिहीवारसम्म मौसम बदली भएर त्यसपछि मात्र घाम लाग्ने मौसमविद्को अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको ३ दिनको मौसम विवरणमा पनि भोलि र पर्सि पश्चिमी वायुको प्रभावका कारण देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |