Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१२ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१२ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१२ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१२ घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१३ घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१३ घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

गृहिणीबाट समाज परिर्वतन संवाहक बन्दै धादिङ बृचेतकी अपेक्षा तामाङ

  • बागमती कलम
  • ४२७ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ माघ १३, मंगलबार (४ महिना अघि)
गृहिणीबाट समाज परिर्वतन संवाहक बन्दै धादिङ बृचेतकी अपेक्षा तामाङ

धादिङ- धादिङ खनियाबास गाउँपालिका बृचेतकी अपेक्षा तामाङ,तामाङ समुदायकी एक साधारण तर दृढ इच्छाशक्ति, आत्मविश्वास र संघर्षले भरिएको जीवनयात्रा बोकेकी महिला हुन्।

उहाँ बुबा भीमबहादुर तामाङ आमाको नाम उर्जालामो तामाङको खोजबाट भएको हो । ग्रामीण परिवेशमा हुर्किएकी अपेक्षाले सानैदेखि अभाव, जिम्मेवारी र संघर्षसँग जुध्दै जीवन अघि बढाउनु भएको बुबा भीम बहादुर तामाङले बताउनु भयो ।

अपेक्षाको प्रारम्भिक जीवन गाउँघरका अधिकांश महिलाहरूको जस्तै थियो। बिहान सबेरै उठेर चुलोचौका गर्ने, घाँसदौरा गर्ने, पशुपालन र खेतीपातीमा समय बिताउने दैनिकी उहाँको जीवनशैली थियो।

समाजमा महिलाको भूमिका घरभित्र मात्र सीमित गरिनु, निर्णय प्रक्रियामा पुरुषको वर्चस्व हुनु र महिलाको आवाज दबिनु—यी सबै अवस्थाहरू उहाँले नजिकबाट अनुभूत गर्नुभएको थियो। यसैले, उहाँ आफैं पनि लामो समयसम्म आफ्नो क्षमता र सम्भावनालाई चिन्न सक्नुभएको थिएन।

तर समयसँगै अपेक्षाको जीवनमा परिवर्तनको ढोका खुल्न थाल्यो। आड्रा नेपाल र प्रयास नेपालद्वारा सञ्चालन भइरहेको रिलिफ परियोजनामा आबद्ध भएपछि उहाँको सोच, आत्मविश्वास र जीवनदृष्टिकोणमा उल्लेखनीय परिवर्तन आयो।

परियोजना अन्तर्गत उहाँ डाँफे कृषक समूहको कोषाध्यक्षको जिम्मेवारीमा चयन हुनुभयो। यस जिम्मेवारीले उहाँलाई नेतृत्व विकास, पारदर्शिता, हिसाबकिताब व्यवस्थापन तथा समूह सञ्चालनसम्बन्धी महत्त्वपूर्ण सीपहरू सिक्ने अवसर प्रदान गर्‍यो।

कोषाध्यक्षको भूमिकामा रहँदा अपेक्षाले समूहका सदस्यहरूसँग नजिक भएर काम गर्न थाल्नुभयो।

प्रयास नेपालमा कार्यरत लैङ्गिक एसोसियट शर्मिला गुरुङको सकारात्मक उत्प्रेरणा र उहाँ लगनशीलता र सिर्जनसिलताले समाजमा लैङ्गिक सवाल तथा समस्या, चुनौती र सम्भावनालाई बुझ्दै उहाँ क्रमशः उनीहरूको आवाज बन्न थाल्नुभयो।

यहि अगुवाई र लगनशीलता, जिम्मेवारी प्रतिको इमान्दारिता, सक्रिय सहभागिता र नेतृत्व क्षमताका कारण उहाँ जेन्डर च्याम्पियनको रूपमा चयन हुनुभयो।

जेन्डर च्याम्पियनको चयनपछि प्रयास नेपाल धादिङले आयोजना गरिएको पाँच दिने जेन्डर च्याम्पियन तालिममा सहभागी हुने अवसर उहाँले प्राप्त गर्नुभयो। यस तालिमले अपेक्षाको जीवनमा ठूलो मोड ल्यायो।

उहाँले लैङ्गिक समानता, महिला–पुरुषबीचको भूमिका विभाजन, विभेदका कारण र समाधान, महिला अधिकार, हिंसा विरुद्ध आवाज उठाउने उपाय तथा समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सीपहरू सिक्नुभयो।

तालिमपछि अपेक्षा तामाङ केवल सिक्ने व्यक्ति मात्रै रहनुभएन, सिकेका ज्ञान र सीपहरू व्यवहारमा उतार्ने अगुवा बन्नुभयो। उहाँले कृषक समूहका महिला दिदीबहिनीहरूलाई संगठित गर्दै आत्मविश्वास बढाउने, आफ्ना विचार खुलस्त राख्न प्रेरित गर्ने र निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउन प्रोत्साहित गर्न थाल्नुभयो।

पहिले बोल्न हिच्किचाउने महिलाहरू आज आफ्नो हक–अधिकारबारे खुलेर बोल्न थालेका छन्, जसको मुख्य प्रेरक शक्ति अपेक्षा तामाङ हुनुहुन्छ।

हाल अपेक्षा तामाङ कृषक समूहमा जलवायु कृषक पाठशालाअन्तर्गत सिकाइएका आधुनिक कृषि प्रविधि, मौसमअनुकूल खेती प्रणाली, उत्पादन विविधीकरण तथा बजारसँग जोडिने अभ्यासहरूलाई व्यवहारिक रूपमा लागू गरिरहनु भएको छ।

उहाँले समूहका महिलाहरूलाई परामर्श दिँदै कृषि उत्पादनलाई दिगो आम्दानीको स्रोत बनाउने दिशामा अगाडि बढ्न सहयोग गर्नुभएको छ।

पाठशालाबाट श्रीमान् दीपक बहादुर तामाङ सिकेका सीपहरूको प्रयोग गरी विभिन्न कृषि उपज उत्पादन र बिक्रीमा सफलता प्राप्त गरेको समूह आर्थिक रूपमा क्रमशः सबल बन्दै गएको छ । यसले महिलाहरूको आम्दानी बढ्नुका साथै घरपरिवारभित्र उनीहरूको निर्णय क्षमता, सम्मान र पहिचान पनि मजबुत बनेको छ ।

साथै, अपेक्षाले समूहलाई वडा तथा पालिकाबाट सञ्चालन हुने कृषि, जीविकोपार्जन र विकाससम्बन्धी योजनाहरू माग गर्न र पहुँच बढाउन सक्षम बनाउनुभएको छ।

पहिले चुलोचौका र घाँसदौरामा सीमित रहेकी अपेक्षा तामाङ आज समुदायकी सचेत महिला, नेतृत्वकर्ता र जेन्डर च्याम्पियनको रूपमा परिचित हुनुहुन्छ । उहाँको जीवनयात्राले ग्रामीण महिलाहरूले अवसर, तालिम र सहकार्य पाए भने उनीहरू पनि सशक्त, आत्मनिर्भर र परिवर्तनका संवाहक बन्न सक्छन् भन्ने स्पष्ट सन्देश दिएको छ ।

अपेक्षा तामाङको सफलता केवल व्यक्तिगत उपलब्धिमै सीमित छैन, यो कथा समाज परिवर्तनको कथा हो।

आज उहाँ गाउँ–समाजका अन्य महिलाहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ र समुदायमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा न्यायपूर्ण समाज निर्माणको आवाज बुलन्द गरिरहनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%४%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १२ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १२ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १२ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १२ घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १३ घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १३ घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution