

धादिङ । प्रतिनिधिसभा सदस्यका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेदवारी दिनुभएका भूमि त्रिपाठीले कृषिको व्यवसायिकरणका लागि आवश्यक नीति निर्माण गर्ने बताउनुभएको छ ।
मतदातासँगको भेटघाटमा राष्ट्रिय योजना तथा नीति निर्माणमा पहल गर्ने, किसानलाई प्रविधि, उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण र अनुदानसँग जोड्ने कार्यक्रम ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले थाक्रे गाउँपालिका वडा नम्बर ५, ६ र ७ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको छ ।
भेटघाटका क्रममा उम्मेदवार त्रिपाठीले स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै आगामी दिनमा ती विषयलाई संसद् र सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्रिपाठीले सरकारलाई निरन्तर जनताको आवाज सुनाएर स्वास्थ्य, शिक्षा, खानेपानी, सडक तथा अन्य विकासका कार्यक्रमहरू धादिङमा भित्र्याउन सक्रिय भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ’जनताको मत र विश्वास नै मेरो शक्ति हो, त्यसलाई कदर गर्दै धादिङको समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्छु ।’
मतदाताहरूले पनि उम्मेदवार त्रिपाठीसँग प्रत्यक्ष भेटेर आफ्ना गुनासा, सुझाव र अपेक्षा राखेका छन् । उनीहरूले विकास, रोजगारी र सेवासुविधामा सुधारका लागि प्रभावकारी नेतृत्वको आवश्यकता रहेको बताउनुभयो ।
भोलि बुधबार त्रिपाठीले थाक्रे गाउँपालिका वडा नम्बर १, २ र ३ का बिभिन्न बस्तीका मतदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले धादिङले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |