

पर्थ (अष्ट्रेलिया) । पश्चिम अष्ट्रेलियास्थित नेप्लिज हिमालयन एसोसिएसनले आयुष रिजालको उपचार तथा बोन म्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोग संकलन गरेको छ।
एसोसिएसनका अध्यक्ष मनोज भट्टको पहलमा सञ्चालित सहयोग अभियानमार्फत नेपाली समुदायबाट १ लाख १५ हजार सहयोग रकम संकलन गरिएको हो।
मानवीय संवेदना, करुणा र एकताको भावनासहित सञ्चालन गरिएको उक्त अभियानमा अष्ट्रेलियामा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको एसोसिएसनले जनाएको छ।
बोनम्यारो क्यान्सरसङ्ग जुधिरहेका आयुषको जीवनरक्षाका लागि समुदाय एकजुट भई सहयोगमा जुटेको उहाँले बताउनुभयो ।
उक्त अभियानमा सहयोग गर्नेहरूमा अध्यक्ष मनोज भट्ट, अस्मिता बराल, विक्रम जंग थापा, समिर पौडेल, पारस श्रेष्ठ, विष्णु गुरुङ (सानु), ललित थापा, विनोद थापा, लक्ष्मी आर्याल, सन्तोष भट्ट, अञ्जना श्रेष्ठ, अनु मल्ल ठाकुरी, आस्था बाम, प्रेम केसी, उपेश थापा, निरञ्जन पाठक, नवराज जैसी, गौचन दुवाडी, जीवन ढकाल, मनीष खत्री , प्रेम लम्साल, सैलेश श्रेष्ठ, मञ्जुल भारती, खेम राज गुरुङ, रुस्तम मास्के, रोजन पाण्डे र सीता पन्त रहेका छन्।
एसोसिएसनका अनुसार अभियानमार्फत १ लाख १५ हजार रकम संकलन गरिएको छ । संकलित रकम आयुष रिजालको उपचारका लागि परिवारको खातामा पठाइएको छ ।
नेप्लिज हिमालयन एसोसिएसन पश्चिम अष्ट्रेलियाले सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै आयुषको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
आयुषको उपचारमा आर्थिक अभाव भएको भन्दै सोमबार मात्र गृह जिल्ला धादिङमा आयुषको ठूलो बुबा ईश्वर रिजालले आर्थिक सहयोग संकलन गर्न सहयोग गरिदिन पत्रकारहरु सङ्ग आग्रह गरेका थिए ।
आयुषको अहिले भारतको दिल्लीस्थित राजिवगान्धी अस्पतालमा उपचार भइरहेको छ ।
आयुषको उपचारका लागि ६० लाख भारतीय रुपैयाँ आवश्यक रहेको आविष्कार ठूलो बुबा ईश्वर रिजालले बताउनुभयो । अस्पतालमा रकम जम्मा गरेपछी मात्रै उनको बोन म्यारो ट्रान्सप्लान्ट गरिने अस्पतालले जनाएको बताउनुभयो ।
सहयोगको लागि






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |