

लागू औषध (गाँजा) मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रिडी, गुल्मीले धादिङको गजुरी गाउँपालिका–८ का २५ वर्षीय डिल बहादुर डिमडुङलाई रुरु गाउँपालिका–२ रुद्रबेनीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय बैदाम, कास्कीबाट पक्राउ परेका डिमडुङ अदालतमार्फत कास्की जिल्ला कारागारमा थुनामा रहेका थिए ।
उनलाई १ वर्ष ३ महिना २९ दिन कैद र ५ हजार ४ सय रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।
जेन–जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार भई रुद्रबेनी क्षेत्रमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका डिमडुङलाई सम्बन्धित कारागारमा पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |