

धादिङ । समृद्ध नेपाल,सुखी नेपालीको अभिभारा पुरा गर्न एमालेले जित्नुपर्ने भूमि त्रिपाठीले बताउनुभएको छ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका भूमि त्रिपाठीले रोजगारी, विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि पहल गर्ने बताउनुभएको छ ।
शुक्रबार धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २, ६ र ११ नम्बर वडाका टोल तथा बस्तीहरुमा मतदाता भेटघाट गर्दै एमाले उम्मेदवार त्रिपाठीले समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्नका लागि एमालेले जित्नु पर्ने बताउनुभयो ।
जनताका समस्या भनेको सिंचाइ सुविधा नहुनु, सफा खानेपानी नहुनु, कृषि उत्पादनले बजार नपाउनु र रोजगारी अभाव भएकोले यसको समस्या समाधान गर्न निति कानूनबाटै नागरिकको हितमा काम गर्ने उहाँले बताउनुभयो ।
एमाले उम्मेदवार त्रिपाठी घरदैलो भेटघाट गर्दै महादेबबेसी, रानीबारी, बालुवाफाँट, चण्डीस्थान, मानखुटार, बाह्र किला लगायतका स्थानमा कोणसभा समेत गरिएको थियो ।
कृषीलाई बजारीकरण समेत गर्ने गरि व्यवसायीकरण गर्ने, शिक्षा र स्वास्थ्य नागरिकको अधिकार सुनिश्चित गर्ने, बेरोजगारलाई रोजगारी दिने किसिमको निति ल्याउने त्रिपाठीले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |