

काठमाण्डौ । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । फेब्रुअरी १४ तारिखका दिन युवापुस्ताले यो दिवसलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।
पश्चिमी देशहरुमा मनाउने गरिएको प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि मनाउने गरिएको छ । आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले शहरबजारमा मात्रै नभएर गाउँघरमा पनि प्रणय दिवसको चर्चा हुन थालेको छ ।
आजको दिन रातो गुलाफ र विभिन्न उपहार आदानप्रदान गरिने भएकाले ती बस्तुको कारोबार उच्च हुन्छ ।
भ्यालेन्टाइन डे को शुरूआत सन् २६९ मा इटालीको रोमनबाट प्रारम्भ भएको मानिन्छ । प्रेमका लागि भ्यालेन्टाइनको बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।
सप्ताहभर मनाउने यो दिवसको अवसरमा नेपालमा झन्डै साढे चार लाख स्टिक गुलाफ फूलको कारोबार हुने व्यवसायीको अनुमान छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |