

काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा नेपालले आफ्नो तेस्रो खेलमा आज वेष्ट इण्डिजसँग खेल्दैछ।खेल नेपाली समय अनुसार आइतबार बिहान सवा ११ बजेदेखी मुम्बईको वानखेडे रंगशालामा हुने सुरु हुनेछ।
इटालीसँगको स्तब्धपूर्ण हारपछि अब नेपाली टोलीको अगाडि विश्वकपको सबैभन्दा कठिन चुनौती खडा भएको छ। वेष्ट इण्डिज अन्तिम खेल अगाडिनै सुपर एट पुग्ने लक्ष्यमा रहँदा नेपाललाई भने झिनो सम्भावना बनाउन पनि यो खेल जित्नै पर्ने दबाब छ
लगातार २ हारपछि सुपर एट पुग्ने सम्भावना जटिल बनेको नेपाललाई झिनो आशा कायम राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ।
पराजित भएको खण्डमा नेपाल अन्तिम खेल अगाडीनै समूह चरणबाटै बाहिरिने पक्का छ।
नेपालको समूहमा २ खेल जितेर वेष्ट इन्डिज तालिकाको शीर्षमा रहँदा इङल्याण्डको तीन खेलबाट चार अंक बनेको छ। स्कटल्याण्ड र इटालीको समान २-२ अंक रहेको छ भने नेपाल अहिलेसम्म अंकविहीन छ।
नेपालले समूह चरणको अन्तिम खेल आगागी मंगलबार स्कटल्याण्डसँग खेल्ने छ। photo : can





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |