

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) आज महाशिवरात्री पर्वको अवसरमा छैठौँ सिद्धलेक शिवरात्री मेला-२०८२ हुँदै छ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालले सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरेको छैठौँ सिद्धलेक शिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिल नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवका लागि मञ्च निर्माण, स्टल निर्माण, स्वागत गेट निर्माण, सरसफाई, पानी, स्वयम् सेवक, रक्तदान कार्यक्रमको तयारीसँगै सम्पूर्ण पूर्वाधार निर्माण भईसकेको उहाँले बताउनुभयो ।
मेलाको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गर्ने तय भएको आयोजक समाजका सल्लाहकार एव रेडक्रस नलाङ उपशाखाका सभापति अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो।
‘हाम्रो सिद्धलेक हाम्रो पहिचान,विकास र समृद्धीको लागि पर्यटन’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा राष्ट्रिय कलाकार चर्चित गायिका शान्ता रानी परियार, गायक राजु ढकाल, गायिका गिता सेन्चुरी, बिन्दा परियार, भावना अर्याल, गायक विवश दर्लामी मगर, प्रदिप बराईली, सम्वेदन थापा, मिलन विश्वकर्मा, मोडल टिका भुजेल, डान्सर प्रवेश श्रेष्ठ, विशाल भुजेल र डान्सर अप्सना गुरुङ (गृष्मा) लगाएतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने गुरुङले बताउनुभयो।
यसैगरी महोत्सव स्थल परिसरमा रक्तदान कार्यक्रम समेत हुने भएको छ ।
नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना, सिद्धलेक ढेवाडाँडा समाजको सहआयोजना तथा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम हुनेछ ।
सिद्धलेकमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विगत ५ बर्ष देखी समाजले मेलालाई निरन्तरता दिदै आएको छ । भोलि हुने बृहत मेलामा सहभागी हुन आयोजकले सम्पूर्णलाई अपिल गरेको छ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग ९हाल वडा नं। २, ३ र ४० को सिमानामा अवस्थित सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको यस सिद्धलेक तथा ढेवाडाँडामा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा हरेक बर्ष श्रद्धालु भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ।
सिद्धलेककै साथमा रहेको १ हजार ५२५ मिटर अग्लो ढेवाडाँडा रहेको छ। त्यहाँबाट धादिङ जिल्लाको सल्यानटार बाहेक साविकको ४९ वटा गाउँ विकास समितिहरु, बिभिन्न प्रख्यात हिमश्रृङ्खला, मनोरम हरियाली, जैविक विविधता र अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।
सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले जिल्लाकै अत्यन्तै महत्वपूर्ण स्थलको रूपमा लिइन्छ ।
पर्यटन प्रवद्धन हुन नसकेको यस स्थानमा सरोकारावालहरुले सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |