

धादिङ। पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै चाइनाधाराबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २७ जना घाइते भएका छन्।
आज बिहान करिब सवा १ बजे पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो। मृतकमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्।मृतकहरुको सनाखत हुन बाँकी छ ।
घाइते २७ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो । २ विदेशी नागरिकसहित २७ जना घाइतेको पहिचान खुलेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरि सकिएको छ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेर क्षतविक्षत भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |