

धादिङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले वाचापत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमका बिच वाचा पत्र सार्वजनिक गरेको हो ।
रास्वपाले दीर्घकालिन दृष्टिकोणसहित २० वर्षे धादिङ विकास योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भ्रष्टचारमुक्त प्रशासन, प्रभावकारी सेवासहितको सुशासन र संस्थागत सुधार गर्ने, उत्पादनमूखी अर्थतन्त्र र रोजगारीका लागि कृषि, पर्यटन उद्योग उर्जा तथा साना मझौला उद्योगलाई प्राथमिकतामा राखेर काम गर्ने बाचा पत्रमा उल्लेख छ ।
त्यसैगरी, स्वास्थ्य र सामाजिक सुरक्षा, शिक्षा र मानव पुजी विकास, पूर्वाधार र कनेक्टिभिटीमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण, सांकोष तिप्लिङ सडक निर्माण प्राथमिकतामा राखेका छन् ।
वातावराण संरक्षण र विपद् व्यवस्थापन, अध्ययन अनुसन्धान, प्रवास र ब्रेन गेन, सामाजिक न्यायसहित समावेशी विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार श्रेष्ठ सहभागी भएनन् ।
जिल्लाका विभिन्न ठाउँहरुमा वाचा पत्र सार्वजनिक गर्ने क्रममा श्रेष्ठ रुवीभ्याली पुगेकाले सोही स्थानबाट बाचा पत्र सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |