

धादिङ । नेपाल कम्युनिष्ट पार्टीका धादिङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार रामबहादुर भण्डारीले परिवर्तनको उपलब्धि जोगाउन र विकासका कामलाई निरन्तरता दिन आफ्नो दललाई मत दिन अपिल गर्नुभएको छ।
रुवी भ्यालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी व्यवस्था कम्युनिष्ट आन्दोलनको नेतृत्वमा स्थापित भएको उल्लेख गर्नुभयो।
ती उपलब्धिको रक्षा गर्न फेरि पनि कम्युनिष्ट शक्तिलाई नै जनमत आवश्यक रहेको उहाँको भनाइ थियो।
भण्डारीले धादिङबेसी-त्रिशूली सडक कालोपत्रे, लापा सडक सुधार, पुल निर्माण र पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् क्षेत्रमा थप काम गर्ने योजना प्रस्तुत गर्नुभयो।
समानुपातिकतर्फ इन्दिरा ढुंगाना र प्रत्यक्षतर्फ आफूलाई मतदान गर्न उहाँले मतदातासँग आग्रह गर्नुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |