

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन जिल्लाभर मदिरा बिक्री-वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाएको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार निर्वाचन आयोगले मिति २०८२ फागुन १३ गते प्रकाशित गरेको निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरणसम्बन्धी प्रेस विज्ञप्तिको आधारमा धादिङ जिल्लाभित्र मिति २०८२ फागुन १४ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री-वितरण, ओसारपसार र सेवन पूर्ण रूपमा निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्बद्ध सबै व्यवसायी, वितरक तथा आम सर्वसाधारणलाई उक्त अवधिमा मदिरा बिक्री–वितरण तथा सेवन नगर्नरनगराउन आग्रह गरेको छ।
सूचनाको उल्लंघन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा आम नागरिकसँग सहयोगको अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्धारा सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालाको जिम्मेवार भूमिका आवश्यक रहेको जनाएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |