Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ४, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

५ घण्टा अघि
२

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

७ घण्टा अघि
३

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

७ घण्टा अघि
४

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

१ दिन अघि
५

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

१ दिन अघि
६

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

३ दिन अघि
७

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

३ दिन अघि
८

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

३ दिन अघि
९

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

३ दिन अघि
१०

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

३ दिन अघि
११

किस्ट ट्रान्सप्लान्ट सेन्टरमा १७औँ सफल कलेजो प्रत्यारोपण

४ दिन अघि
१२

एशियन युथ चेसमा सहभागी हुन टोली चिन प्रस्थान

५ दिन अघि

धेरै पढिएका

१

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

४ हफ्ता अघि
२

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
३

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
४

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

१ दिन अघि
५

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

१ महिना अघि
६

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१ हफ्ता अघि
७

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

४ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
१०

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

२ हफ्ता अघि
११

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

७ घण्टा अघि
१२

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

४ हफ्ता अघि

पाँच वर्षदेखि त्रिपालमुनी २१ परिवार : चुनावी आश्वासनमै सीमित धादिङ चामबासका पहिरोपीडित

  • बागमती कलम
  • ८१ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ फागुन १६, शनिबार (४ महिना अघि)
पाँच वर्षदेखि त्रिपालमुनी २१ परिवार : चुनावी आश्वासनमै सीमित धादिङ चामबासका पहिरोपीडित

धादिङ । निर्वाचनको माहोल तातिरहेको बेला धादिङको गजुरी गाउँपालिका-२ चामबासका २१ पहिरोपीडित परिवार भने पाँच वर्षदेखि त्रिपालमुनी जीवन बिताउन बाध्य छन्।

पटक-पटक सरकारी आश्वासन पाएका उनीहरूले अहिलेसम्म स्थायी बसोबासको व्यवस्था पाउन सकेका छैनन्।

२०७६ साल साउन ५ गते चामबास गाउँमा भीषण पहिरो जाँदा जमिन चिरा परेको, घर तथा गोठ भत्किएको र २१ परिवार विस्थापित भएका थिए।

त्यसयता ती परिवार बारबिसे क्षेत्रमा अस्थायी रूपमा बस्दै आएका छन्। हाल २१ घरधुरीका ९२ जना प्रभावित छन्। कोही त्रिपालमुनि, कोही जस्तापाताको अस्थायी टहरा बनाएर बसिरहेका छन्।

विस्थापित सुनमाया तामाङ भन्छिन्, “धेरै पटक आश्वासन पाइयो, तर टेन्ट छोड्ने दिन कहिल्यै आएन।” पछिल्लो समय बढ्दो चिसोले अवस्था झनै कष्टकर बनेको छ।

काखमा दुधे बच्चा च्यापेर घाम ताप्दै गरेकी सानुमाया तामाङ भन्छिन्, “जाडोमा बच्चा र बृद्ध बचाउन निकै गाह्रो भएको छ। अब त हामीलाई नझुक्याउनुहोस्, हाम्रो वासस्थानको व्यवस्था चाँडै गरिदिनुस्।”

अस्थायी बस्तीमा बालबालिकाका लागि सुरक्षित स्थान छैन। सर्प, गड्यौला लगायतका जीव टेन्टमै पस्ने गर्छन्। शीतले ओछ्यान भिजाउने समस्या छ। बृद्धबृद्धा आगो तापेरै बिहान–साँझ बिताइरहेका छन्।

भूगर्भविद्हरूले पुरानो बस्तीमा पुनः बसोबास उपयुक्त नभएको सुझाव दिएका छन्। तर वैकल्पिक स्थान व्यवस्थापनमा ढिलाइ भइरहेको छ। प्रत्येक परिवारमा ६-७ जना सदस्य छन्, जसमा धेरैजसो बालबालिका छन्।

स्थानीय तह तथा प्रदेश सरकारका विभिन्न पदमा पुगेका नेताहरूले पटक-पटक बस्ती स्थानान्तरणको आश्वासन दिएका छन्। निर्वाचनका बेला नेताहरू मत माग्न आउने र घर बनाइदिने प्रतिबद्धता जनाउने गरे पनि कार्यान्वयन हुन नसकेको विस्थापितहरूको गुनासो छ।

हाल गजुरी गाउँपालिकाले अस्थायी बसोबास गरिरहेको जग्गाको भाडा उपलब्ध गराउँदै आएको छ। तर यो व्यवस्था दीर्घकालीन समाधान नभएको उनीहरूको भनाइ छ। जग्गाधनीले बस्ती खाली गर्न आग्रह गरेपछि विस्थापितहरू अन्यौलमा छन्।

धनमाया तामाङ त्यो दिन सम्झँदै भन्छिन्, “एक्कासी पानीसँगै हावाहुरी आयो, घर वरपरको माटो बग्न थाल्यो, जमिन चिरा पर्‍यो। हामी ज्यान जोगाएर भाग्यौँ। त्यसयता घर फर्कन सकेका छैनौँ।”

निर्वाचन फेरि नजिकिँदै गर्दा चामबासका पहिरोपीडितहरू पुनः आश्वासनको पर्खाइमा छन्। तर चिसो हिउँद र अस्थायी जीवनको पीडाले उनीहरूमा निराशा बढ्दै गएको छ।

उनीहरूको एउटै माग छ-स्थायी सुरक्षित वासस्थान।

जब निर्वाचन आउँछ मतमाग्न आउने, विस्थापितलाई घर बनाइदिन्छु भन्नेहरुले निर्वाचित भएपछि पीडितहरुलाई बिर्सने गरेको विस्थापितहरुको भनाइ छ ।

स्थानीय सरकार प्रदेश सरकारले काम गर्छु भने गरेनन् । अहिले चुनावमा उम्मेदवार भएका गजुरी गाउँपालिका घर भएका राजेन्द्र पाण्डेले त आफू मुख्यमन्त्री भएको बेला सबैको घर बनाउन काम गर्छु पनि भने ।

यसअघि साम्सद उठ्दा काम गर्छु भनेर भोट माँगे तर उहाँको आस्वासन आस्वासनमा मात्र सिमत रह्रयो ।

उहाँमात्र होइन गजुरी गाउँपालिका नै घर भएका शालिकराम जम्कट्टेल प्रदेश सरकारको मुख्य पदहरुमा पटक पटक पुग्नुभयो। विस्थापितहरुले आस्वासनमात्र पाए । जम्कट्टेल अहिले पनि प्रदेश सभा सदस्य तथा विपक्षीदलका नेता हुनुहुन्छ ।

पटक पटक पदमा पुग्नुभएका पाण्डे भने निर्वाचनमा यहि मतदाताको मतबाट विजयी हुनुभयो । उनिहरुका लागि काम होइन चुनावको समयमा आस्वासन मात्र लिएर आउने गरेको र काम भने जनताका लागि नगरेको विस्थापितहरुको भनाइ छ ।

एमालेका भूमि त्रिपाठी पहिरो पीडितका लागि सम्सदमा समेत आवाज उठाएपनि उनिहरुको घरबास बन्न सकेन । अहिले जग्गा प्राप्तीका लागि पहल गरेकोले जग्गा प्राप्तीको अन्तिम चरणमा छ ।

नेपाली काँग्रेसका कृष्ण रिजाल, रास्वपाका आशिका तामाङले पहिरोबाट विस्थापितहरुका लागि अहिलेसम्म कुनै पहल नै गर्न सकेका छैनन् ।

चुनावको समयमा मतमाग्न भने उनिहरुको कार्यकर्ता विस्थापित बस्तीमा पुगेका छन् । यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटक पटक प्रत्यक्ष देखेका छन् ।

अहिले उम्मेदवार बनेकामध्ये केहीले हेरेका छन् । आस्वासन पनि दिएका छन् । तर, स्थायी प्रवन्ध मिलाउन सकेका छैनन् । आसैआसमा गुजारा गरिरहेका छन् विस्थापित पहिरो पीडितहरु ।

बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् ।

बस्ती सारिदिने आश्वासन पाएका उनीहरु स्थानीय तह चुनावमा नेताकै पछि लागेर पनि हिँडे । तर अहिले त्यही नेताले पनि बस्ती स्थानान्तरण गराउन सकिरहेका छैनन् ।

स्थानीय चुनावअघिका आश्वासन पनि अहिले ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै भएको छ । गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापितहरु अहिले निराश भएका छन् ।

अहिले पुनः निर्वाचन आयो । पुनः आस्वासनका पोका आइरहेका छन् तर चिसो, हिउँदको हुरी बतासले भने उनिहरुलाई छाडेको छैन ।

विस्थापित भएसँगै खाद्यन्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरुमा खाद्यन्नको अभाव खड्किएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • sidalek-karar karmachari

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

  • police-dhd

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

  • समाचार
  • १

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ५ घण्टा अघि

  • २

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ७ घण्टा अघि

  • ३

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    ७ घण्टा अघि

  • ४

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    १ दिन अघि

  • ५

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    १ दिन अघि

  • ६

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ३ दिन अघि

  • ७

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ३ दिन अघि

  • ८

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ३ दिन अघि

  • ९

    देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी
    ३ दिन अघि

  • १०

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution