

धादिङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण होटल व्यवसायका लागि समयसीमा तोकेको छ।
प्रशासनले एक सूचना जारी गर्दै फागुन १६ गतेदेखि अर्को निर्णय नभएसम्म जिल्लाभर सञ्चालन हुने सबै होटल व्यवसायहरू राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ।
उक्त समयपछि होटल व्यवसाय बन्द गर्न तथा गराउन सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |