

यो वर्ष अर्थात् २०८२ सालमा झन्डै ८० दिन सार्वजनिक बिदा परेकोमा अर्को वर्ष २०८३ सालमा यो सङ्ख्या एक सय नौ पुगेको छ ।
सरकारले शनिवारसहित चाडपर्व र जयन्तीमा आठ प्रकारका बिदा निर्धारण गरेको छ भने प्रदेश र पालिकाले आफ्नो क्षेत्रको धर्म–संस्कृतिका आधारमा थप ६ दिन बिदा दिन पाउँछन् ।
अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित बन्न थालेको छ । बिदाका कारण मजदुर काममा नआउने र सरकारी काम नहुँदा समस्या थपिएको नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो ।
भूगोल र जनसङ्ख्याका हिसाबले सानो देशमा यति धेरै बिदाको चलनले देशको विकास र अर्थतन्त्रलाई पछाडि धकेलिरहेको उहाँले बताउनुभयो ।
सरकारी कर्मचारी घरमा बस्दा निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरिरहेको अध्यक्ष सिंहकाे भनाइ छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |