

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले मतपेटिका ढुवानी तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा समयसीमा तोकेको छ।
कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै जिल्लाको भौगोलिक बनावट, विस्तृत क्षेत्रफल तथा टाढा-टाढाका मतदानस्थलबाट तोकिएको मतगणनास्थलसम्म मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै मिति २०८२ फागुन २१ गते बिहीबार बेलुका ८ बजेपछि मात्र सवारी साधन सञ्चालन हुने जनाएको हो।
जिल्लामा रहेका दुर्गम तथा विकट मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी गणना स्थलसम्म पुर्याउन समय लाग्ने भएकाले सम्भावित अवरोध रोक्न यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्वारा जारी सूचनामा भनिएको छ।
प्रशासनले सबै पक्षलाई शान्ति, सुरक्षा र व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गर्दै तोकिएको समयअगाडि अनावश्यक सवारी आवागमन नगर्न आग्रह गरेको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |