

धादिङ- कारागार कार्यालय धादिङमा सञ्चालन गरिएको अस्थायी मतदान केन्द्रमार्फत ७१ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार मतदान गर्नेहरूमध्ये ६८ जना पुरुष र ३ जना महिला रहेका छन्।
तर, मतदाता नामावली सिफारिस प्रक्रियामा नाम छुटेका कारण पाँच जना कैदीबन्दी मतदानबाट वञ्चित भएका छन्।
मतदाता परिचयपत्र र नामावलीमा नाम भए पनि सिफारिसमा समावेश नभएपछि उनीहरूले मतदान गर्न नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
धादिङ कारागारमा हाल २ सय भन्दा बढी कैदीबन्दी रहेका छन् ।
कारागार परिसरमै स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित २५ जना कर्मचारीले पनि मतदान गरेका छन्।
यससँगै कारागारभित्र कुल ९६ जनाले मत खसालेको मतदान अधिकृत कँडुवालले बताउनुभयो ।
यद्यपि, कर्मचारीतर्फ पनि सिफारिस प्रक्रियामा त्रुटि देखिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्कासहित केही कर्मचारीले नाम छुटेका कारण मतदान गर्न नपाएको गुनासो गरेका छन्।
मतदानका लागि कारागार पुगेका उनीहरू अन्ततः मताधिकार प्रयोग गर्न नपाएपछि निराश बनेका थिए।
मतदान गर्न नपाएका कैदीबन्दी र कर्मचारीहरूको गुनासोपछि निर्वाचन कार्यालयसँग समन्वय गरिएको मतदान अधिकृत कँडुवालले जानकारी दिनुभयो।
उहाँका अनुसार सिफारिस प्रक्रियामा भएको कमजोरीका कारण समस्या उत्पन्न भएको हो। सहजीकरणको प्रयास गरिए पनि तत्कालका लागि उनीहरूको मताधिकार सुनिश्चित गर्न नसकिएको उहाँले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |