

काठमाण्डौ । अहिले देशका धेरै ठाउँमा खाना पकाउने ग्यासको अभाव देखिएको छ ।
उपभोक्ताहरू सिलिन्डर लिएर पसल धाइरहेका छन् तर दुई हप्ताभन्दा बढी समयदेखि ग्यास आपूर्ति नभएको स्टोर सञ्चालकहरू बताउँछन् ।
पश्चिम एसियाको तनावबाट त्रसित उपभोक्ताहरूले एक घरमा चार–पाँचवटासम्म सिलिन्डर भण्डारण गर्दा अभाव देखिएको नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टको दाबी छ ।
अहिले भारतबाट दैनिक १०५ देखि ११० वटा ग्यास बुलेट नेपाल भित्रिरहेका छन्, जुन सामान्यभन्दा बढी हो । निगमले ग्यास विक्रेताहरूलाई आपूर्ति विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ र बढी मूल्यमा बेच्नेविरुद्ध वाणिज्य विभागमार्फत कारबाही अघि बढाउने तयारी छ ।
अमेरिका–इजराइलको आक्रमणपछि इरानले होर्मुज मार्ग अवरोध गरेको र तेल प्रशोधन क्षेत्रमा आक्रमण बढेपछि विश्वभर पेट्रोलियम पदार्थको भाउ र माग बढेको छ ।
भारतले घरेलु सिलिन्डर बुकिङ अवधि २१ बाट २५ दिन पुर्याएपछि नेपाल आपूर्ति घट्ने शङ्का उठेको छ ।
तर निगमका प्रवक्ता मनोज ठाकुर भारतले मागअनुसार ग्यास उपलब्ध गराउने जनाएकाले तत्काल समस्या नआउने बताउनुहुन्छ ।
भारतमा एक दिनमा खपत हुने ग्यास नेपालका लागि एक वर्ष पुग्ने भएकाले आपूर्ति कटौतीको सम्भावना कम रहेको उहाँको विश्वास छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |