

काठमाण्डौ । भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि देशका सबै पहाडी तथा हिमाली भेग र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पर्सि कोशी, मधेश, बागमती प्रदेशका केही ठाउँमा तथा बाँकी हिमाली र पहाडी भेगका थोरै ठाउँमा हावाहुरी र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण वर्षा, चट्याङ तथा हिमपातको सम्भावना रहेकाले सतर्क रहन महशाखाले आग्रह गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |