

काठमाण्डौ – काठमाडौंमा आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म आईसीसी विश्वकप लिग-२ हुने भएको छ ।
साथै, अर्को चरणका खेलहरू वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म आयोजना गरिने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाल र यूएईबीच पहिलो खेल वैशाख १२ गते हुनेछ भने दोस्रो खेल वैशाख १६ गते ओमानसँग खेलिनेछ ।
नेपालले तेस्रो खेल यूएईसँग वैशाख १८ गते र चौथो खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ ।
नेपाल, ओमान र यूएईबीचको शृङ्खला यसअघि फागुन २६ गतेदेखि चैत ६ गतेसम्म कीर्तिपुरमा आयोजना हुने तय गरिएको थियो ।
तर, मध्यपूर्वमा उत्पन्न तनावलाई मध्यनजर गर्दै क्यानले विश्वकप लिग–२ का खेलहरू स्थगित गरेको थियो ।
पहिलो शृङ्खला सकिएपछि अर्को हप्ता नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच लिग–२ अन्तर्गतका खेलहरू हुनेछन् ।
नेपालले वैशाख २९ गते स्कटल्यान्डसँग, जेठ २ गते अमेरिकासँग, जेठ ४ गते पुनः स्कटल्यान्डसँग र अन्तिम खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |