

सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे हाे ।
मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ प्रतिशत भाडा बढेको छ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २१ दशमलव ६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा १५ दशमलव ७५ प्रतिशत बढेकाे छ ।बढेको भाडादर आजैबाट लागू भएको छ ।
अन्तरप्रदेश चल्ने गाडीको भाडा विभागले र प्रदेशभित्रको सम्बन्धित प्रदेशले समायोजन गर्ने व्यवस्था छ ।
२०७८ साल चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक गाडीको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली लागू गरेको थियो ।
पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा त्यही अनुपातमा भाडा समायोजन गर्ने स्वचालित व्यवस्थाअनुसार भाडा बढाउने निर्णय गरेको विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।
कहाँको भाडा कति ? हेर्नुहोस् सुची…






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |