

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ रातमाटेस्थित चालिसे-वाल्सिङ भित्री सडकखण्डबाट लागुऔषध गाजाँसहित दुई जना पक्राउ परेका छन्।
चैत २५ गते साँझ करिब ७:३० बजेको समयमा लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा गाजाँ फेला पारी दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार वाल्सिङबाट चालिसेतर्फ आउँदै गरेका बा ६२ प १२८६ नम्बरको १५० सीसी पल्सर र बा.प्र. ०२–०५३ प ६६९३ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल रोकी जाँच गर्दा दोस्रो मोटरसाइकलमा रहेको निलो रंगको सुटकेशभित्र पहेँलो टेपले बेरेका ४ वटा पोका फेला परेका थिए।
ती पोका खोल्दा करिब ३० किलोग्राम गाजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-३ बस्ने ३५ वर्षीय सञ्च बहादुर खुलाल तामाङ र सोही स्थानका २२ वर्षीय बिरेन्द्र रुम्बा तामाङ रहेका छन्।
प्रहरीले उनीहरूलाई प्रयोग गरिएका दुवै मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न दुवैमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |