

काठमाडौं । लुटपाट तथा चोरीमा संलग्न रही फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने ३२ वर्षीय हरिकृष्ण महर्जन रहेका छन् ।
काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकस्थित नैना एण्ड इशान ज्वेलरीमा बिहीबार हतियार देखाई लुटपाट गर्ने प्रयास भएको घटनामा संलग्न रही फरार रहेका उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोलबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |