

धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ डुडेस्थित चरौंदीबाट स्यादुल जाने भित्री सडक खण्डमा अवैध रूपमा सालको काठ ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ट्याक्टर चालक बेनिघाट रोराङ गाउँपालिका-५ का २३ वर्षीय सुमन परियार, वडा नं. ७ का ३८ वर्षीय भ्रदलाल प्रजा र ३६ वर्षीय शिवलाल प्रजा रहेका छन्।
सोमबार दिउँसो करिब १ः५५ बजे लु ३ त ८०७८ नम्बरको ट्याक्टरमा लोड गरी सालको काठ लैजाँदै गरेको सूचनापछि प्रहरीले ट्याक्टर रोकी जाँच गरेको थियो।
जाँचका क्रममा ट्याक्टरमा ३३ वटा सालको काठका मुढा फेला परेको प्रहरीले जनाएको छ।
बरामद काठ नापजाँच गर्दा ७२ दशमलव ५१ स्क्वायर फिट रहेको पाइएको छ।
बरामद काठ तथा पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङवेशी पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |