

धादिङ । धादिङबेसीबाट बाहिरिने सार्वजनिक सवारी साधनका चालकहरूको लागूऔषध सेवन परीक्षणका क्रममा दुई जना चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङ, ट्राफिक प्रहरी कार्यालय धादिङबेसी, धादिङ अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको संयुक्त टोलीले मंगलबार निलकण्ठ नगरपालिका–३ पुच्छारबजार क्षेत्रमा चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा दुई जना चालकले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ना १ ज ९००५ नम्बरको म्याजिक गाडी चालक निलकण्ठ नगरपालिका–३ निवासी २६ वर्षीय दिपक रिजाल र बा.प्र. ०१–००२ ज ८८५९ नम्बरको ट्याक्सी चालक ललितपुर महानगरपालिका–४ निवासी ४३ वर्षीय बिनेस थापा रहेका छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम पक्राउ गरी जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल का अनुसार चालु अभियानअन्तर्गत चैत्र महिनादेखि हालसम्म जिल्लाभित्र २१ जना चालक लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सम्पूर्ण चालकलाई लागू पदार्थ तथा मादक पदार्थ सेवन नगरी जिम्मेवार ढंगले सवारी साधन चलाउन अनुरोध गरेको छ ।
साथै लागू पदार्थ सेवन गरेर वा लापरवाहीपूर्वक सवारी चलाएको आशंका लागेमा जिल्ला प्रहरी कार्यालय धादिङ वा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |