

धादिङ । बाढीले बगाएर ल्याएको सुनका गरगहनासहित धादिङमा एक जना पक्राउ परेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूली बजारका लिला बहादुर बोगटीको घर बगाएको थियो।
सोही क्रममा घरका सामानसँगै बाढीले बगाएर ल्याएका गरगहना भदौ ११ गते धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारका करिब ३५ वर्षीय रामबहादुर तामाङले फेला पारेर नियतबस कसैलाई जानकारी नदिई आफ्नै घरमा लगेर राखेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।
तामाङले गरगहना फेला पारी घरमा राखेको जानकारी पाएपछि पीडित बोगटीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि भदौ २६ गते अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले तामाङलाई गरगहनासहित नियन्त्रणमा लिएको हो।
तामाङको घरबाट सुनको बाला ३ टुक्रा, झुम्का २ थान, सिक्री २ थान, औँठी २ थान, रातो पोतेमा जडित सुनको मंगलसुत्र २ थान र चाँदीको पाउजु २ जोर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङविरुद्ध चोरीसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |