

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्कका उद्धव चेपाङ च्यातिएको अर्कैले दिएको पाइन्ट काटेर बनाइएको कट्टु, पुरानो मैलो परेको गन्जी र सर्टमा घर आँगनमा भेटिए ।
खरले छाएको छानो भएको घर, लड्नै लागेको ढुंगामाटोको घर अनि २÷३ डोको मकै फल्दै गरेको कोदो, आफ्नो ५ जनाको परिवारसहित २ भान्जीहरूसमेत घरमा पालेर बसेका उद्धव चेपाङ मेलापात गरेर परिवार धानिरहेका छन् ।
देख्दैमा कारुणिक अवस्थाको यो उद्धव चेपाङ परिवारले सरकारको राहत र सहयोग विना नै आफूले जिवीको पार्जन गरिरहेका छन् ।
एक वर्षअघि आमा गुमाएका ९ वर्षका उद्धवका भान्जी अन्जिता चेपाङ र ७ वर्षकी भान्जी मजिता चेपाङको आमा सुकुमायाँको १० महिनाअघि टिभी रोग लागेर उपचार गराउन नसकेपछि मृत्यु भयो।
बालिकाका बाबु ज्याला गर्न घर छाडेर हिँडेपछि मामा माइजुको सहारामा आइपुगेका उनीहरु पढाइलाई कठिन अवस्थामा पनि निरन्तरता दिइरहेका छन् ।
घरमा लगाउने कपडासमेत नभएपछि परिवारका सदस्य आम्दानी नभएकोले कसैले दिएको कपडामा सुत्केरी हुँदासमेत बस्न बाध्य छन् ।
नजिकै पञ्चकन्या मावि भएकोले कठिन अवस्थामा पनि बालबालिकाले पढाइलाई भने निरन्तरता दिइरहेका छन् । ३ कक्षासम्म अध्ययन हुने विद्यालयमा ३० जना छात्रा र २४ जना छात्र पढ्न आउने गरेको विद्यालयका शिक्षक अर्जुन चेपाङले बताउनुभयो ।
मासखर्क गरिबीसँग जुधिरहेको यो गाउँमा अझै पनि खर (फुस)को छाना भएको घर उद्धव चेपाङको मात्र नभएर नीमबहादुर चेपाङ, धनलाल चेपाङ, सानुमाया चेपाङ र पञ्चलाल चेपाङको पनि छ ।
मासखर्कमा ३५ घर चेपाङ समुदायको घर परिवार बसोबास गर्छन् । सबैको अवस्था भने एक पेट खान र लाज छोप्ने कपडा खोज्नमै संघर्ष गरिरहनु परेको छ ।
न उनीहरुले वर्ष भरी खान पाउँछन् न उनीहरु काम खोज्न गएर पेट भर्न र लुगा लगाउन पाउने आम्दानी हुने अवस्था छ ।
गरिबीहरूको बसोबास रहेको मासखर्कमा भोटको समयमा आफूलाई भोट माग्न आउनेभन्दा बाहेक कोही पनि गाउँ जाने नै नगरेको चेपाङ समुदायको विकासका लागि पैरवी गर्दै आएका अर्का एक जना शिक्षक तिलक चेपाङले बताउनुभयो ।
उहाँले गाउँवासीको आम्दानी हुने कार्यक्रम व्यवहारिक रुपमा ल्याउनु पर्ने बताउनुभएको छ ।
आयमूलक र व्यवसायमूलक कार्यक्रम तत्काल लागु हुनुपर्ने भन्दै उहाँले स्थानीय जातको निगालोबाट मनग्ये आम्दानी हुने, मात्रृभाषा संरक्षणमा १ जना मात्रृभाषा पढाउने चेपाङ शिक्षक तत्काल चाहिने र चित्राफुङगाका सामाग्री निर्माणमा सरकारको ध्यानाकर्षण आवश्यक रहेको बताउनुभयो ।
राज्यको मुख्य ठाउँमा यही स्थानको भोट लिएर जितेका जनप्रतिनिधिहरू पुगेका छन्। राजेन्द्र प्रसाद पाण्डे यही जनताको विकासका लागि लाग्ने भनेर मत लिएर अहिलेसम्म बहुदल आएपछि निरन्तर छन् ।
तर मासखर्कमा भने बेलुकीको छाक टार्ने जोहो गर्ने चिन्ता बाहेक केही छैन ।
संघीयता लागुभएपछि विकास हुन्छ भन्ठानेका जनताले आफूले भोट दिने गरेको र दिइरहेको नेता राजेन्द्र पाण्डे र शालिकराम जमरकट्टेल मुख्यमन्त्री भए ।
तर गाउँवासीले भोट दिने दिन खाजा खानेभन्दा बाहेक सुविधाको लागि दीर्घकालीन सोच राखेर कसैले पनि कार्यक्रम नल्याएको गाउँवासीको भनाइ छ ।
स्थानीय सरकारले विद्यालयमा दिवा खाजा बाहेक गरिब विद्यार्थीका लागि खास योजना नबनाएको मासखर्कबासीको गुनासो छ ।
स्वास्थ्य सेवा लिन समेत नपाएपछि टिभी रोग लागेर मृत्यु भएको उदाहरण आफ्नै गाउँमा भएकोले जनताका लागि नाना खाना र छानाको लागि दीर्घकालीन कार्यक्रम ल्याउन चेपाङ समुदायले माग गरिरहेका छन् । यो समाचार पत्रकार-सिताराम अधिकारीले नेपाल समाचारपत्रमा लेख्नुभएको छ।तस्विर:सिताराम अधिकारी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |