धादिङ,१४ असोज।
नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले एमाले स्वतन्त्र र निस्पक्ष चुनावको पक्षमा रहेकोे बताउनुभएको छ । शुक्रबार नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष तथा निवर्तमान सांसद त्रिपाठीले आसन्न संघीय र प्रदेश तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले हुनुपर्ने बताउनुभयो ।
निर्वाचनमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशंका व्यक्त गर्दै त्रिपाठीले कुनैपनि कर्मचारी माथि अन्याय भएमा एमालेले सहेर नबस्ने र त्यसको उचित जवाफ दिने एमाले उहाँको भनाइ छ । स्थानिय तह निर्वाचनमा बाकसमा हालिएको मत समेत गणना गर्दा गढबढ गरेका कारण एमालेले हार व्यहोरेकोले अब यस किसिमको धाँधली हुनबाट रोक्ने बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बिरबहादुर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिव राधिका सापकोटा, नेपाल निजामती कर्मचारी संगठनका पुर्व अध्यक्ष कृष्णलाल उप्रेती लगायतले दशै, तिहार, छठ लगायतको चाडपर्वको शुभकामना व्यक्त गर्नुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |