

धादिङ,१५ चैत।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साना आयोजनामा नअल्झिन आग्रह गर्नुभएको छ ।
मङ्गलबार बनेपा नगरपालिकाको ४२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले गाउँपालिका तथा नगरपालिकाले देखिने गरी काम गर्नुपर्ने भन्दै साना आयोजनामा नअल्झिन सुझाव दिनुभयो ।
समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई मुख्यमन्त्री जम्मकट्टेलले आग्रह गर्नुभयो । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ”, उहाँले भन्नुभयोे ।
जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |