

धादिङ,१५ चैत।
खनियाबास गाउँपालिका वडा नम्बर १ ओंगुलमा नेकपा एमालेको वडा स्तरिय कार्यकता भेला तथा सभा सम्पन्न भएको छ ।
मिसन ग्रासरुट अभियान अन्तरगत मंगलबार नेकपा एमाले खनियाबास गाउँपालिका वडा नम्बर १ ले वडा स्तरिय कार्यकता भेला तथा सभा आयोजना गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य रुप नारायण श्रेष्ठले निर्वाचनमा प्राविधिक रुपमा हारेपनि एमालेसंग जनता भएकोले जनतासंग एमाले रहिरहने बताउनुभएको छ । श्रेष्ठले जनताको लागि विकासका काम गर्दा गर्दै एमालेलाई पाखा लगाईएको भएपनि एमाले जनताको साथमा रहेर जनताको काम गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वर्तमान सरकार सत्ता स्वार्थमा बनेकोले यो सरकार छिट्टै ढल्ने संकेत गर्दै नीति कार्यक्रम र बजेट जनताको पक्षमा ल्याउन नसक्ने श्रेष्ठको दावी छ । मिसन ग्रासरुट अभियान अन्तरगत गणेशहिमालको काखमा पुगेर जनताको समस्यामा सल्लह गर्न पुगेका एमाले नेताहरु गाउमा आएपछि गाउँ बासीले स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जनताको बिचमा एमाले जित हार जे भएपनि साथमा रहने बताउनुभयो । झार्लाङको विकास र समृद्धि एमालेले गर्न थालेको र अब एमालेले नै जनताको विकास काम गर्नेभएकोले एमाले कार्यकर्ताहरुलाई जनतासंग विकासका काममा लाग्न निर्देशन गर्नुभयो ।
नेकपा एमाले जिल्ला उपसचिव राधिका सापकोटाले आर्थिक विकासमा सहभागी हुन आग्रह गर्दै महिलाहरुलाई राजनितिमा आउन आग्रह गर्नुभयो । कार्यक्रमलाई एमाले जिल्ला सदस्य ईमान तामाङ, खनियाबास अध्यक्ष पन्त तामाङले सम्बोधन गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |