

धादिङ,०६ बैशाख।
नेपाल बिद्यार्थी संघको आज ५४ औं स्थापना दिवस,दिवसको अवसरमा धादिङबेशीमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल विद्याथी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई धादिङको आयोजनामा निलकण्ठ बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा स्ववियुको नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसको पूर्व स्ववियु अध्यक्ष सरोज पाण्डे र उपाध्यक्ष महेन्द्र तामाङले नव निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण शुभकामना तथा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सभा सांसद गोविन्द लम्सालले नेपाल विद्यार्थी संघले नेपालको राजनितिमा महत्वपुर्ण योगदान दिएको बताउनुभयो। त्यस्तै नेपाली काङग्रेस धादिङ क्षेत्र नम्बर २ का सभापति राकेश धमलाले नेपाल विद्यार्थी संघ राणा शासनको बहुदलको अवस्थामा पनि विद्यार्थी हक हित, स्वतन्त्र तथा लोकतन्त्रको लागि आफ्नो इतिहास रच्दै ने.वि.संघको स्थापना भएको आजको दिनलाई सबैले सम्झनुपर्ने बताउनुभयो ।
नेपाल विद्याथी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाई धादिङका अध्यक्ष विकास गरंजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश सभा सांसद शिवराज अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने लम्सालको विषेश आतिथ्य रहेको थियो।
कार्यक्रममा नेपाली काङगे्रस धादिङ क्षेत्र नम्बर २ का सभापति राकेश धमला, सहसचिव नमराज तिमल्सिना, तरुण दलका अध्यक्ष गोपाल विश्कर्मा, ने.वि.संघ र स्वीयुका विद्यार्थी नेता तथा काङग्रेस धादिङका नेताहरुको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |