

धादिङ,०९ बैशाख।
नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको संयोजकत्वमा दलित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको छ ।
बैशाख ७ देखी ९ गतेसम्म काठमाडौँमा भएको दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको तेस्रो राष्ट्रिय सम्मेलनले धादिङ नीलकण्ठका उपमेयर विश्वकर्माको संयोजकत्वमा स्थानीय तहमा प्रतिनीधित्व गरेका दलित जनप्रतिनिधिहरूको प्रथम राष्ट्रिय भेला÷सम्मेलन मुल आयोजक समिति गठन गरेको छ ।
समितिले आगामी जेष्ठ २१ र २२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने बताईएको छ । संयोजक विश्वकर्माका अनुसार उक्त सम्मेलनमा देशभरबाट १ हजार ८ सय जना दलित जनप्रतिनिधिहरू सहभागि हुने आँकलन गरिएको छ ।
‘आत्मसम्मानको खोजी : दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक तेस्रो राष्ट्रिय दलित सम्मेलनमा सातै प्रदेशबाट राष्ट्रिय सभा, प्रतिनिधि सभा र स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधि सहभागी भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |