

धादिङ,१२ बैशाख।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले भएको उपनिर्वाचनमा एमालेले प्रक्रियामा भाग मात्रै लिएको बताउनुभएको छ ।
एमालेलाई अहिले तीन सिट घट्नु र बढ्नुको कुनै तात्विक अर्थ नभएको भन्दै रिमालले मतदातालाई आफ्ना विषयबारे सचेत गराउन मात्रै उपनिर्वाचनमा एमालेले उपस्थिति जनाएको बताउनुभयो ।
मंगलबार प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रिमालले सो कुरा बताउनुभएको हो । रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताउनुभएको छ ।
उपनिर्वाचनबाट नेकपा एमाले आउनु र नआउनुमा तात्विक अर्थ नरहेको बताउदै उहाँले भन्नुभयो, “यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन हामीले यो चुनावमा केही पाएनौँ,केही गुमाएनौँ,यो परिणामले एमालेमा अंकगणितीय तलमाथी पर्दैन ।”
उहाँले अघिल्लो निर्वाचनमा पनि तनहुँ र चितवनमा एमालेले नजितेको र बारामा छोडेकाले यो उपनिर्वाचन एमालेलाई प्लस माइनस जिरो भएको बताउनुभयो । बैशाख १० गते भएको तीन वटै उपनिर्वाचनले राष्ट्रको केही पनि प्रतिनिधित्व नगर्ने भन्दै रिमालले यो फिल इन द ब्याङ्क मात्रै भएको बताउनुभयो ।
उहाँले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने भन्दै जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताउनुभयो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले एमालेले खबरदारी गर्ने पनि उपमहासचिव रिमालको भनाई छ।
आगामी चुनावकोे तयारी स्वरुप मिसन ग्रासउट अभियानमार्फत एमालेले आफ्नो विषयलाई ब्राण्डिङ गरिरहेको बताउनुभयो। अभियानमार्फत एमालेले देशभरीको सूचना संकलन गर्दै कार्यकर्ताको भावना र एमालेप्रति जनताको दृष्टीकोण मुल्याङ्कन गरिरहेको बताउनुभयो ।
उपमहासचिव रिमाल पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समापनका लागि मंगलबार धादिङ आउनुभएको हो ।
प्रेस चौतारी धादिङका अध्यक्ष श्री हजुर सिलवाल(राजन)को अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा एमालेका लेखा आयोग संयोजक पुष्पराज कँडेल,केन्द्रिय सल्लाहाकार युवराज कार्की,केन्द्रिय सदस्य कैलाश ढुङ्गेल,केशव स्थापित, रुपनारायण श्रेष्ठ, बिन्दा ढुङ्गाना,एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |