

धादिङ,१५ बैशाख।
नेकपा एमाले धादिङले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै १३ गते बुधबार झापाको बुधबारेमा पहिचानको आन्दोलनको नाममा भएको उदण्ड र अराजक समुहले ढुङ्गामुढासहित गरेको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोशी प्रदेशको नामाकरण संवैधानिक प्रक्रियाबाट भएको र सत्ताको बागडोर सम्हालेर बसेका जिम्मेवार प्रतिनिधिहरुले संवेदनशिल विषयमा कट्मेरो व्यवहार देखाई भिडलाई अराजक र उच्छृङ्गल बनाउनु दुखद बिषय भएको एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कारबाहीको माग गर्दै यस्ता अराजक घटनाहरु पून नदोहोरिने वातावरण सिर्जना गर्न विज्ञप्तिमा भनिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |