

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।
पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन् ।
मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति लामिछानेलाई नै संसदीय दल नेता चुनेको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट उनको सांसद पद गुम्यो ।
त्यसपछि अर्याल संसदीय दलको नयाँ नेता चयन गरिएका थिए ।
लामिछाने फेरि संसदमा फर्किएपछि उनलाई संसदीय दलको नेता बन्ने बाटो खुला गर्दै अर्यालले राजीनामा दिएका हुन् ।
अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा आज पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको छ । आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा आफूले सो जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।
रास्वपा स्रोतका अनुसार सोमबार बस्ने अर्को संसदीय दल बैठकले प्रक्रियागत रुपमा नयाँ नेता चयन गर्ने छ । सभापति लामिछाने पुनः सर्वसम्मतिले संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |