

धादिङ,२३ बैशाख।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम महामन्त्री गगन थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टी जस्तो भएको बताउनुभएको छ ।
कम्युनिष्ट पार्टीले जसरी कार्यकर्ताबाट लेबि उठाउने, पार्टीमा बाहिरी मान्छे छिर्न नदिने र नेताहरु बाहिर ननिस्कने प्रवित्ति कम्युनिष्टमा मात्रै हुने भन्दै अहिले काँग्रेसमा पनि देखिएको बताउनुभयो ।
शनिबार नेपाली काँग्रेस धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ को प्रथम क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्न धादिङबेशी आउनुभएका महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।
उहाँले देशैभरी काँग्रेसका जनप्रतिनिधि हुदाँ पनि कार्यकर्तामा निराशा छाउनु बिचित्रको कुरा भएको भन्दै भर्खरै चुनाव भएकोले अहिले निराशा किन भनेर कार्यकर्तालाई प्रश्न गर्नुभयो ।
काँग्रेस देशकै ठुलो पार्टी र राष्ट्रिय पार्टी भएकाले समस्या आउनु भएको र सबैले आफ्नो कमजोरी पत्ता लगाएर सच्चिन आग्रह गर्नुभयो।कार्यक्रममा सहभागीहरुले महामन्त्री थापालाई प्रश्नको घेराबन्दीमा पारेका थिए ।प्रश्न पछि जवाफ दिदै थापाले भन्नुभयो,सबै प्रश्नको उत्तर माथि बस्नेसँग हुदैन,व्यवस्थित तरिकाले खोज्नुपर्छ ।
थापाले अब आगामी हुने निर्वाचनका कुर्नै पार्टी सँग चुनावी तालमेल नगर्ने भन्दै सबै पार्टी एक भएर आएपनि कांग्रेस अब एक्लै चुनाव लड्ने दावी गर्नुभयो । तालमेलको नाममा रुखमा भोट हाल्ने मतदातालाई अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्न लगाएको भन्दै उहाँले यो कांग्रेसको ठुलो भुल भएको र अब यो भुल नगर्ने पनि बताउनुभएको छ ।
थापाले जेठ मसान्तसम्म धादिङको १०४ वटै वडामा जसरी पनि वडा सम्मेलन गर्नुपर्ने र खुल्ला ठाउँमा केही न केही सार्वजनिक कार्यक्रम गर्नैपर्ने बताउनुभयो ।
साथै बन्दशत्रमा पार्टीको आयव्याय, सांगठनिक गतिबिधी र आगामी १ बर्षको योजना निर्माण गरेर मात्रै सम्मेलन सकाउन पनि आग्रह गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |