

धादिङ,२८ बैशाख ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक साताभित्र अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
बिहिबार नुवाकोटको विदुरमा प्रेस सेन्टर नुवाकोटद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री जमकट्टेल सो कुरा बताउनुभएको हो ।
प्रदेश सरकारले सानातिना टुक्रे योजनामा लगानी नगर्ने भन्दै उहाँले साना योजना स्थानीय तहहरुलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले कृषि उत्पादत्व वृद्धिका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षदेखि व्यक्तिलाई कृषि अनुदान दिन बन्द गरिने बताउनुभयो ।
समुदायमा आधारित धेरैभन्दा धेरै किसानलाई समेट्ने गरी लगानी गर्ने योजनामा लागेकाले आगामी आर्थिक वर्षबाट नै यो मोडालिटी सुरु हुने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो ।
साथै अबको एक सातामा प्रदेश सरकारले पूर्णता पाउने पनि बताउनुभएको छ । केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्ने भएकाले अबको एक हप्तामा सरकारले पूर्णता पाउने बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |