

धादिङ,०२ ज्येष्ठ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात र मालपोत कार्यालयलाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको हो ।
यी क्षेत्रहरुमा समयमै ध्यान नपु¥याए कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था रहेको भन्दै पाण्डेले सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै यस बिषयमा उनले सरकारको जवाफ समेत माग गर्नुभएको छ ।
साथै सांसद पाण्डेले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गराउने किसिमबाट दिनुपर्नेमा जोड दिनुभयो । पाण्डे धादिङ प्रतिनिधि सभा क्षेत्र नं १ बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |