

धादिङ,१९ जेठ ।
नेकपा एमालेको निकट युवा संगठन राष्ट्रिय युवा संघ धादिङले वर्तमान सरकार विरुद्ध खानिखोलामा प्रदर्शन गरेको छ ।
युवा संघले बिहिबार साँझ धुनिबेशी नगरपालिकाको खानिखोलामा विरोध प्रदर्शन गरेको हो । युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहनसंगै मसाल जुलुस प्रदर्शन गरेको युवा संघ धादिङका सचिव हरि शरण जमकटेलले जानकारी दिए।
संविधान भन्दा माथि रही जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीको रिहा गरेर सरकारले अपराधी सुरक्षामा उत्प्रेरित गरेको, अखण्ड भारतको नक्सामा कहिल्यै कसैको उपनिवेश नभएको नेपाली भुमि समेटेको र वर्तमान सरकारले कुटनैतिक पहल मार्फत नक्सामा असहमति जनाउनुको साटो नेपाललाई भारतमा विलय गराउने उद्धेश्यका साथ नागरिकता विधेयक पास गरि मोदिलाई कोसेली सहित भारत भ्रमण गरिएको आरोपमा विरोध प्रदर्शन गरिएको जमकटेलले बताए ।
प्रदर्शनमा युवा संघ नेपालका केन्द्रीय सदस्य मोदनाथ सिलवालले अहिलेको सरकारले राम्रोसंग वडा समेत चलाउन नसक्ने आरोप लगाउदै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको राजिनामा माग गरेका थिए।
युवा संघका जिल्ला अध्यक्ष सुनिल तामाङले जनजिविकाका समस्या, राष्ट्रघात र भ्रष्टाचार विरुद्ध निरन्तर सडक देखि सदन सम्मको आन्दोलन गर्ने बताए । प्रदर्शनमा राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य कमल सिलवाल लगाएतको उपस्थिती रहेको थियो ।
प्रदर्शनमा सहभागीहरुले राष्ट्रघाति नागरिकता विधेयक खारेज गर, अखण्ड भारत नक्सा खारेज गर, भारतिय विस्तारवादहरु होसियार, भ्रष्ट सरकार मुर्दावाद, आम माफिको नाममा अपराधिहरु उत्तेजित बनाउने काम बन्द गर लगाएतका नारा लगाएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |