

धादिङ,०९ श्रावण।
निर्वाचन खर्च विवरण पेश नगर्ने धादिङका १७ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।
गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन खर्च विवरण पेश नगर्ने धादिङका १७ जना सहित ५ हजार ५ सय ६२ जनालाई १५ हजार रुपैयाँ जरिबाना तोकेको हो।
आयोगले आज विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २ हजार ३७४ र प्रदेशसभातर्फ ३ हजार १८८ गरी ५ हजार ५६२ जनालाई ऐनबमोजिम चुनाव खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो ।
यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ र प्रदेशसभातर्फका १ हजार ३९८ गरेर २ हजार ४३५ जनालाई १५ हजार रुपैयाँका दरले जरिबाना गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।
जसमा धादिङका एमाले नेता भुमि त्रिपाठी, राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य बसुमायाँ तामाङ सहित १७ जना उम्मेदवारलाई निर्वाचन आयोगले जनही १५ हजार जरिवाना तोकेको छ ।
निर्वाचन खर्च नबुझाउने धादिङका उम्मेदवारहरुमा भुमि प्रसाद त्रिपाठी, नेकपा (एमाले), पुष्कर सेडाई(जसपा नेपाल), उत्तम राज कँडेल(स्वतन्त्र),ऋषी खतिवडा(स्वतन्त्र), प्रदिप श्रेष्ठ(स्वतन्त्र),प्रदिप श्रेष्ठ(स्वतन्त्र),अर्जुन तिमल्सेना(स्वतन्त्र),प्रमोद उप्रेती(स्वतन्त्र),जनक भट्टराइ(स्वतन्त्र),दिल बहादुर घले(स्वतन्त्र),नोरमान तामाङ,(जसपा नेपाल), शंकर दर्जी(नेपाली कांग्रेस बी.पी.), रुद्र बहादुर गेलाङ मगर(स्वतन्त्र),बाबु कृष्ण श्रेष्ठ(स्वतन्त्र), टिका निधि काप्री(स्वतन्त्र),वसु माया तामाङ(राष्ट्रिय स्वतन्त्र पार्टी) र मेकरमान तामाङ्ग(जसपा नेपाल) रहेका छन्।
जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न तथा निर्वाचन खर्चको विवरण ७ दिनभित्र सार्वजनिक गरी सो को जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा ७ दिनभित्र निवेदन सहित पेश गर्नुपर्ने आयोगले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |