

धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ।
हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी धरानमा निषेधाज्ञा जारी छ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति ०८ गते राति १२ बजेदेखि मिति ०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।
आज हिन्दु समुदाय र हिन्दु इत्तर समुदाय दुबैले सो क्षेत्रमा प्रदर्शन गर्ने भए पछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो । केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ।
तर, जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु रोगको सङ्क्रमण व्यापकरुपमा फैलिई १६ हजार जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण गराएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |