धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ स्थित सल्यानटारमा ‘प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला’ शुरु भएको छ ।
मेलाको शुक्रबार नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उदघाट्न गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केपि शर्मा ओलीले आफू प्रधानमन्त्री नभई बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नबन्ने बताउनुभयो ।
आफू प्रधानमन्त्री रहँदा बुढीगण्डकी निमार्णको काम अगाडी बढाएको तर आफू प्रधानमन्त्रीबाट हटेपछि पक्रिया रोकिएको भन्दै बुढीगण्डकी आयोजनाले पूर्णता पाउन एमालेको सरकार चाहिने बताउनुभयो ।
यस्तै त्रिपुरासुन्दरी पवित्र पर्यटकीय गन्तव्य भएको भन्दै धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व भएका स्थलको विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
मेलाको उदघाट्न अघि स्थानीय समदायको जातिय पहिरन, झाँकी वाजागाजा, नृत्यहरु सहित प्रदर्शनी गरिएको थियो ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ को प्रवद्र्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा आयोजित मेलामा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिँचाई, मौरी पालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटलाइजेसनको लागि ‘जियो कृषि एप’को बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहने आयोजकले जानकारी दिएको छ ।
मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बालउद्यानसमेत रहने आयोजकले जनाएको छ ।मेला यहि कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै केपि शर्मा ओली (हेर्नुहोस् भिडियो)
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |