

धादिङ। नेकपा एमाले धादिङको जिल्ला अधिवेशनको उद्घाटन केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
सुदृढ संगठन एकताको आधार,एमालेको संकल्प जनताको सरोकार नारासहित यही माघ १९ गते हुने एमाले धादिङको ९ औँ जिल्ला अधिवेशन उद्घाटनसँगै जनसमुदायलाई सम्बोधन गर्न अध्यक्ष ओली आउने निश्चित भएको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिनुभयो।
आइतबार प्रचार समिति बैठकमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष त्रिपाठीले उद्घाटन समारोहमा साँस्कृतिक झाँकी, स्थानीय जनताहरुको व्यापक सहभागिता रहने बताउनुभयो ।
उहाँको अनुसार करिब ६ सय प्रतिनिधिहरुले भाग लिने जिल्ला अधिवेशनमा जिल्लाका १ सय ४ वडाबाट सहभागिता हुनेछ। अधिवेशन ऐतिहासिक हुने भएकोले आम जनसमूदायलाई उद्घाटन समारोहमा सहभागि हुन उहाँले आग्रह गर्नुभएको छ।
नेकपा एमालेको जिल्ला अधिवेशनले विकास र समृद्धिको संचार गराउने भएकोले यो ऐतिहासिक र भव्य हुने भन्दै त्रिपाठीले एमालेमय धादिङ बनाउने अभियानले सार्थकता पाउने बताउनुभयो।
बैठकमा प्रेस चौतारी नेपालका कार्यकर्ता, तथा प्रचार विभागका कार्यकर्ताहरु, नेकपा एमाले केन्द्रीय लेखा आयोग, जिल्लाका नेताहरुको समेत सहभागिता थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |