Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

२३ घण्टा अघि
२

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
३

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
४

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

१ दिन अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
७

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
८

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

४ दिन अघि
९

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि
१०

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

४ दिन अघि
११

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

४ दिन अघि
१२

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

४ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि

तत्कालिन (माले) हाल नेकपा (एमाले) धादिङ स्थापना गर्नेहरुको चर्चा,कसरी भयो पहिलो जिल्ला अधिवेशन

  • बागमती कलम
  • ७८३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० माघ १४, आईतबार (२ साल अघि)
तत्कालिन (माले) हाल नेकपा (एमाले) धादिङ स्थापना गर्नेहरुको चर्चा,कसरी भयो पहिलो जिल्ला अधिवेशन

धादिङ। वि सं २००६ सालमा केवलपुरे किसानको अगुवाईमा केवलपुरमा १३ जना ब्राहा्रमणहरुले हलो जोतेर प्रगतिशील विचारको विजारोपण गरेर बाम आन्दोलनको विजारोपण भएको हो ।

२००८ सालमा अखिल नेपाल किसान संघको गठन गरी किसानहरुको मुद्धालाई उठाउने काम भएको थियो । वि सं २००८ देखि किसान, उत्पीडित, मजदुर वर्गको उत्थानका लागि आवाज उठाउन शुरु गरियो ।

यस संगै विद्यालयहरुमा पुस्तकालय संचालन गर्ने, साहित्यिक सांस्कृतिक तवरले प्रगतिशील विचारहरुको प्रचारप्रसार गर्ने कामहरु निरन्तर भयो ।

बनारसबाट पार्टी संगठनको सम्पर्कमा आएर जिल्लामा पार्टी काममा आउनु भएका क जगन्नाथ नेपालको नेतृत्वमा भीमप्रकाश ओझा र बलराम ढुंगाानाको आवाद्धता सहित २०३५ साल चैततिर धादिङको पूर्विभेगीय एरिया पार्टी सक्रिय दल गठन भयो । यसलाई नै धादिङ जिल्लामा तत्कालीन नेकपा मालेको संगठन शुरुवातको इतिहास मान्न सकिन्छ ।

वि स.२०३६ भदौ १९ गते मलेखु स्थित मिनराज कंडेलको घरमा क्रान्तिकारी शिक्षक संघको गठन मिनराज कंडेलको अध्यक्षतामा गरियो । मिनराज कंडेलको अध्यक्षमा गठन गरिएको शिक्षक संघको सचिवमा हेरम्बराज सिलवाल, सदस्यहरुमा कमलराज कंडेल, विश्वनाथ त्रिपाठी रहनुभएको थियो । तत्कालिन अवस्थामा पार्टी कामलाई सहज र गोप्यताका साथ अगाडी बढाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण थियो ।

२०३६ साल कार्तिकमा ५ सदस्यीय जिल्ला पार्टी सक्रिय दल (म्एब्न्) गठनले सांगठनिक विकासको आधार तयार गर्यो । राजेन्द्र पाण्डे सचिव, जगन्नाथ नेपाल, गुरु प्रसाद बुर्लाकोटी , टंकनाथ शर्मा तिमल्सीना र भीम प्रकाश ओझा आवद्ध सो कमिटीले पार्टीको भूमिगत विभिन्न गतिविधिहरु संचालन गर्यो । यसकै कारण २०३६ साल पुषमा शिक्षक संगठनको चुनाव भइ राजेन्द्र प्रसाद पाण्डेले नेतृत्व गरेको समुह विजयी भयो ।

२०३६ सालदेखि २०४१ सालसम्म पार्टीको गतिविधि केही निष्क्रिय भएको तत्कालिन पार्टी कार्यकर्ताहरु बताउनुहुन्छ । २०४१ सालमा शुरेस कार्की, राजेन्द्र प्रसाद पाण्डे र जगन्नाथ नेपाललाई पार्टी कमिटीलाई सक्रिय बनाउन जिम्मा दिइयो ।

२०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा भाग लिने निर्णय गरि राजेन्द्र प्रसाद पाण्डेलाई जनपक्षिय उम्मेदवारको रुपमा उठाइएको थियो । हात्ति चुनाव चिन्ह लिएर उठेका पाण्डे झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

२०४३ साल असार ३१ गते तत्कालीन कल्लेरी गाविस स्थित जगन्नाथ नेपालको घरमा भएको भेलाबाट सचिवमा शुरेश कार्कि, सदस्यहरुमा जगन्नाथ नेपाल, मिनराज कंडेल, उत्तम कंडेल रहेको पार्टी कमिटिको पुर्नगठन भयो ।

पुर्नगठन हुनु अगाडी मिनराज कंडेल र उत्तम कंडेललाई पार्टी सदस्यताको सपथ ग्रहण गराउनुभएको थियो । त्यतिखेर राजेन्द्र प्रसाद पाण्डेलाई राष्ट्रिय पञ्चायत उम्मेदवार भएकाले पार्टीको जिल्ला संगठन कमिटिमा नराख्ने भनिएकोले राखिएन । र पछि २०४३ को कार्तिक महिनामा बसेको जिल्ला संगठनको बैठकले केन्द्रिय निर्देशन बमोजिम पाण्डेलाई जिल्ला संगठन कमिटिमा राखियो । सोहि कमिटीले २०४४ को गाउँ पञ्चायत र जिल्ला पञ्चायत निर्वाचनलाई उपयोग गर्ने रणनीति लिइयो ।

२०४३ सालको चैतमा भएको गाउँ पञ्चायतको निर्वाचनमा नेकपा मालेको तर्फबाट जनपक्षिय उम्मेदवारलाई उठाएको थियो । धुषा गाउँ पञ्चायतमा रणबहादुर थापाले जित्नुभएको थियो ।

महादेवस्थान गाउँ पञ्चायतमा राम बहादुर रावल, जोगिमारामा टंक बहादुर मल्ल, बेनिघाटमा गिरीराज कंडेल, गजुरीमा गोपाल मगर, सलाङमा खिन बहादुर थापा, कल्लेरीमा परशुराम नेपाल, छत्रेदेउरालीमा कृष्णदास श्रेष्ठ, नलाङमा कृष्ण अर्याल, चैनपुरमा खेम बहादुर पाठक, नीलकण्ठमा जित बहादुर ढुंगाना, साङकोषमा थानेश्वर सापकोटा, बैरेनीमा कृष्ण प्रसाद अधिकारीलाई जनपक्षिय उमेदवार उठाइएको थियो । जसमा केही गाउँ पञ्चायतमा जित भएको थियो ।

२०४४ बैशाखमा भएको जिल्ला पञ्चायतको निर्वाचनमा जिल्ला सभापतिमा राजेन्द्र प्रसाद पाण्डे र उपसभापतिमा खेम प्रसाद लोहनीलाई उठाइएकोमा राजेन्द्र प्रसाद पाण्ड सभापतिमा विजयी हुनुभएको थियो ।

जिल्ला पञ्चायत निर्वाचनमा गाउँ सभा सदस्यहरुले भोट हाल्ने व्यवस्था थियो । तत्कालिन जटिल परिस्थितीमा पनि नेकपा माले जनताको घर घरमा पुगेको थियो ।

यसरी सक्रिय भएको नेकपा मालेको पहिलो अधिवेशन २०४५ असोज ५ र ६ गते धुषा गाउँ पञ्चायत वडा ७ को एक पार्टी कार्यकर्ताको घरमा भएको थियो ।

उक्त प्रथम सम्मेलनमा ८ जना पार्टी पूर्ण सदस्य सहभागी हुनुभएको थियो । जसमा शुरेश कार्की, जगन्नाथ नेपाल, राजेन्द्र प्रसाद पाण्डे, गुरु प्रसाद बुर्लाकोटी, नरनाथ लुइँटेल, उत्तम कंडेल, चुडामणी कंडेल,मिनराज कंडेल, हुनुहुन्थ्यो ।

उम्मेदवार सदस्यको रुपमा जगन्नाथ शर्मा तिमल्सिना, राम प्रसाद अधिकारी, देव प्रसाद त्रिपाठी, षडानन्द कंडेल, खेम लोहनी, कृष्ण ढकाल, ध्रुव खतिवडा र गंगालाल तुलाधर सहभागी हुनुभएको थियो ।

उक्त सम्मेलनमा नेकपा माले मध्य उत्तर क्षेत्रिय कमिटीका  सचिव कमरेड रञ्जन (माधव नेपाल)प्रमुख अतिथिको रुपमा सहभागी हुनुभै पार्टीको समसामयिक र सांगठनिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

अतिथिहरुमा सोही कमिटीका कमरेड विज्ञान (केशव बडाल), कमरेड हिम्मत (युवराज कार्की), कमरेड महत्तो (शुरेश कार्की), कमरेड माधव पौडेल सहभागी हुनुभएको थियो ।

जर्जर पञ्चायती व्यवस्थाको कारण पञ्चायति व्यवस्थाको विरुद्ध बोल्ने लेख्नेलाई पूर्ण प्रतिबन्ध लगाइएको थियो । कुनै पनि सभा सम्मेलन गर्न प्रतिबन्धित थियो ।

कम्युनिष्ट हुँ वा प्रगतिशील विचार धाराको हुँ भनेर भन्न पाइँदैन थियो । यस्तो जटिल र कठिन परिस्थितिमा बाम आन्दोलनका योद्धाहरुले रातभर पार्टी कार्यकर्ता र शुभेच्छुकको घरमा लुकेर बैठक, भेला, सभा गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जाँदा भेष बदल्नुपर्ने, रातीमात्रै हिड्नुपर्ने अवस्था थियो ।

बत्ति नबालिकन रातभर हिडेर पार्टी संगठनको काम गरेको सम्झना गर्नुहुन्छ, पहिलो सम्मेलनमा सहभागी हुनुभएका मिनराज कंडेल । तत्कालिन अवस्थामा भारतको बनारस पुगेर पार्टीका नेताहरुलाई कार्यक्रममा सहभागी गराउन ल्याउँदा आफ्नो भेष बदलेर लुक्दै आइपुगेको स्मरण गर्नुहुन्छ कमरेड जगन्नाथ नेपाल ।

प्रजातन्त्रको पुनस्र्थापना पछिको पहिलो आम निर्वाचन र नेकपा एमाले र माक्र्सवादी वीचको एकताले कम्युनिष्ट आन्दोलनलाई एकिकृत रुपमा नयाँ उचाईमा पु¥यायो ।

जनताको बहुदलीय जनवादको आलोकमा नेकपा एमालेले प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्दे आजको दिनसम्म आइपुगेको हो ।

हिजोका सयौं लिखित र अलिखित अग्रजहरुको अथक मेहनत, परिश्रम र योगदानले नै आज धादिङ जिल्ला लाल किल्ला भन्ने नारा सावित भएको हो ।

२०४७ साल पुष २२ गते नेकपा माले र माक्सवादी मिलेर बनेको नेकपा एमाले पार्टीको यही माघ १९ र २० गते ९ औं धादिङ जिल्ला अधिवेशन धादिङबेशीमा हुँदैछ ।

पहिलो अधिवेशनमा सहभागी मिनराज कँडेल र बनारसबाट धादिङ आयर पहिलो पार्टी संगठित गर्ने नेता जगन्नाथ नेपालसंग सीताराम अधिकारी र गायत्री खतिवडाले गर्नुभएको कुराकानीमा आधारित:

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • समाचार
  • १

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    २३ घण्टा अघि

  • २

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ३

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ४

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    १ दिन अघि

  • ५

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    १ दिन अघि

  • ६

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ७

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • ८

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ४ दिन अघि

  • ९

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ४ दिन अघि

  • १०

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution